काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ।
करिब चार घन्टा लामो वार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले मिल्ने दिशामा अघि बढेको प्रतिक्रिया दिए। उनले कार्यदल बनाएर पार्टीमा देखिएको विवाद समाधान गरिने कुरा भएको बताए। २०७५ जेठ २ मा पार्टीलाई फर्काउनका लागि कार्यदल गठन गर्ने सहमति भएकाे उनकाे भनाइ थियाे। सबै कुरा सहमतिकाे आधारमा टुंगो लाग्ने नेपालले बताए।
‘आज राजीनामा दिने कुरा थियो, अब त्यो विषय टरेको छ,’ उनले भने, ‘सहमति र छलफलका आधारमा कुराकानी अघि बढ्छ।’