बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेभित्रको शक्ति संघर्ष मत्थर, कार्यदल बनाएर विवाद सुल्झाउन ओली–नेपाल सहमत

एमालेभित्रको शक्ति संघर्ष मत्थर, कार्यदल बनाएर विवाद सुल्झाउन ओली–नेपाल सहमत

नेकपा एमाले विभाजन तत्कालका लागि टरेको छ। गत फागुन २३ मा सर्वोच्च अदालतले पूर्ववत् रुपमा नै फर्काए पनि अध्यक्ष केपी ओली एकलौटी रुपमा अघि बढेको भन्दै असन्तुष्ट बनेको एमालेको माधव झलनाथ समानान्तर कमिटी बनाएर अघि बढेका थिए।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– नेकपा एमाले विभाजन तत्कालका लागि टरेको छ। गत फागुन २३ मा सर्वोच्च अदालतले पूर्ववत् रुपमा नै फर्काए पनि अध्यक्ष केपी ओली एकलौटी रुपमा अघि बढेको भन्दै असन्तुष्ट बनेको एमालेको माधव झलनाथ समानान्तर कमिटी बनाएर अघि बढेका थिए।

दुई महिना लामो शक्ति संघर्ष बिहीबारदेखि मत्थर हुने दिशामा अघि बढेको छ। केही दिनयताको सघन प्रयासपछि आज एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको चार घन्टा लामो वार्ता सहमतिको दिशातर्फ अघि बढेको छ।

चपलीस्थित एक निजी निवासमा भएको वार्तामा पार्टी विभाजन रोक्न दुवै पक्ष सकारात्मक देखिएका छन्। वार्तापछि वरिष्ठ नेता नेपालले सहमतिको दिशातिर अघि बढेको प्रतिक्रिया दिएका छन्।  ‘हामी दुईबीच भेटघाट र कुराकानी भए। आफ्नो आफ्नो कुरा राख्यौं,’ नेता नेपालले भने ,वैशाख २६ गते मैले जारी गरेको ६ बुँदे प्रस्तावमा छलफल भयो।’

उनले फागुन २८ गते यताका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा कार्यदल बनाएर काम गर्ने सहमति भएको बताए। 

‘पार्टीलाई नयाँ ढंगबाट कसरी अघि बढाउन भन्ने विषयमा छलफल जारी राख्ने कुरा भएको छ,’ उनले भने। उनले अहिलेलाई राजीनामा दुई चार दिनलाई टरेको प्रतिक्रिया दिए। कार्यदल बनाएर मिल्ने दिशामा अघि बढेको उनको भनाइ छ।

प्रकाशित: May 13, 2021| 13:07 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।