नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित, अन्य रोगका बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ।
नेकपा एमाले फुटेर असन्तुष्ट पक्ष माधव झलनाथ पक्षले अर्को पार्टी निर्माण गर्ने चर्चाकै बीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुई एमाले चल्लान र भन्दै प्रश्न गरेका छन्।
राष्ट्रपति कार्यालयको वेबसाइटमा नदेखिएका विवादित दुई विज्ञप्ति कार्यालयले पुन: राखेको छ। कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति केही समय अगाडि बेवसाइडमा थिएनन्।
विवेकशील साझा पार्टीले कोभिड-१९ ले मुलुक आक्रान्त भएका बेला औषधि, अक्सिजन, अस्पताल-शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भएको बताएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नगरी आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने भएको छ।
नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगाउन मुख्य भूमिका खेलेका भनिएका राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद कृष्ण थापालाई सो पार्टीले कारबाही गरेको छ।