बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिका विवादित दुई विज्ञप्ति कार्यालयको वेबसाइटबाट किन गायब?

राष्ट्रपतिका विवादित दुई विज्ञप्ति कार्यालयको वेबसाइटबाट किन गायब?

राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - राष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को  प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा छैनन्।

दुवै विज्ञप्ति क्रमशः जेठ ७ गते राति २३:३८ र जेठ ८ गते बिहान ०१:४९ मा प्रकाशित भएका थिए। नागरिकले 'कू' को सं‌ज्ञा दिइरहेका विज्ञप्ति हट्नुलाई आश्चर्य मानिएको छ।

राष्ट्रपति कार्यालयको वेबसाइटमा अन्य सूचना र गतिविधि देखिने भए पनि ती दुई विज्ञप्ति मात्र हटाइएको हो। यो कुरा राष्ट्रपति कार्यालयले पनि नेपाल समयसँग स्वीकारेको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले साइट ह्याक भएको हुन सक्ने प्रतिक्रिया दिएका छन्। 'हामीले प्राविधिक टिमलाई बुझ्न लगाएका छौं। विज्ञप्ति हटाइएको होइन। साइट ह्याक भएको हुन सक्छ', नेपाल समयसँग कुरा गर्दै उनले भने।

प्रकाशित: May 23, 2021| 02:32 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।