बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रथम अध्यक्ष सहभागी नभएको बैठकले गरेका निर्णय वैध हुँदैनन् : महन्थ राजेन्द्र समूह

प्रथम अध्यक्ष सहभागी नभएको बैठकले गरेका निर्णय वैध हुँदैनन् : महन्थ राजेन्द्र समूह

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रथम अध्यक्ष सहभागी नभएको कार्यकारिणी समिति बैठक वैध नहुने बताएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रथम अध्यक्ष सहभागी नभएको कार्यकारिणी समिति बैठक वैध नहुने बताएको छ।

सो समूहका कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले प्रथम अध्यक्ष महन्थ ठाकुर भएको भन्दै उहाँ सहभागी नभएको बैठकले गरेको निर्णय वैध नहुने बताए।

‘प्रथम अध्यक्ष नभएको कार्यकारिणी बैठकको कुनै औचित्य हुँदैन,’उनले भने,‘त्यस्तो बैठकले स्पष्टिकरण सोधे भन्नुको अर्थ छैन।’

उनले पहिलो अध्यक्ष महन्थ ठाकुर नै भएकाले उहाँसमेत सहभागी भएर बोलाइने बैठकका निर्णय नै आधिकारिक हुने बताए।

‘उहाँले जसलाई राख्नुहुन्छ त्यो पार्टीमा बस्छ नराख्ने बस्दैन। दोस्रो अध्यक्ष अर्को कोही बनि हाल्छ नि,’ उनले भने,‘बहुमत संख्या त हामीतिर नै छ।’

बैशाख ४ गते संयुक्त रुपमा दुई अध्यक्षले हस्ताक्षर गरेर कार्यकारिणी समितिको बैठक बोलाएका थिए। तर, मंसिर ७ गते अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको सूचना निकालेका थिए। अर्का अध्यक्षले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए। 

शनिबार बसेको उपेन्द्र बाबुराम पक्षको नेताहरुको बैठकले ठाकुरहितका चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बहुमत सदस्यको बैठकले ठाकुरसहित  वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उपेन्द्र बाबुराम पक्षले ५१ सदस्यी कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ।

प्रकाशित: May 23, 2021| 05:00 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।