बुधबार, भदौ १०, २०८३

काठमाडौंमा उपचाररत पर्साका एक चिकित्सकको मृत्यु

पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

पर्सा - पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-३, चपकैयाँका २९ वर्षीय डा. मुराद हुसेन रहेका छन्।

एक महिनाअगाडि बंगलादेशमा एम.ए. अर्थोपेडिक गरेर नेपाल फर्किएका उनी वीरगञ्ज हेल्थ केयरमा काम गर्दै आएका थिए। वैशाख २१ गते कोभिड परीक्षण हुँदा उनीसहित पाँचजना चिकित्सक संक्रमित थिए। 

वीरगञ्ज हेल्थ केयरमै उपचार भइरहँदा स्वास्थ्य अवस्थामा सुधार हुन नसकेपछि १० दिनपछि जेठ १ गते उनलाई हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

कोभिडको पहिलो डोज मात्रै लगाएका उनलाई सास फेर्न गाह्रो भएको र कडा प्रकारका निमाेनिया रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुल हैस अन्सारीले बताए। तीन/चार दिन अगाडि बुझ्दा स्वास्थ्यमा सुधार भएको भन्ने बुझिएको थियो तर फाेक्साेमा नै समस्या भएकाले उनको उपचारका क्रममा मृत्यु भएको डा. अन्सारीले बताए।

संक्रमित अन्य चारजना चिकित्सकमध्ये अर्का एक चिकित्सकबाहेक सबैको स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलले जनाएको छ।

प्रकाशित: May 23, 2021| 04:29 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।