बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले केन्द्रीय सदस्य विष्णु रिजालको प्रश्न- फेरि दुई एमाले चल्लान र?

एमाले केन्द्रीय सदस्य विष्णु रिजालको प्रश्न- फेरि दुई एमाले चल्लान र?

नेकपा एमाले फुटेर असन्तुष्ट पक्ष माधव झलनाथ पक्षले अर्को पार्टी निर्माण गर्ने चर्चाकै बीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुई एमाले चल्लान र भन्दै प्रश्न गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - नेकपा एमाले फुटेर असन्तुष्ट पक्ष माधव झलनाथ पक्षले अर्को पार्टी निर्माण गर्ने चर्चाकै बीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुई एमाले चल्लान र भन्दै प्रश्न गरेका छन्।

उनले नेपालमा फुटेर बनेको पार्टी चलेको इतिहास नभएको भन्दै यस्तो प्रश्न गरेका हुन्। ‘एमाले संकटको डिलमा पुगेको छ। अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन,’उनले लेखेका छन्।

नेता माधव नेपाल पक्षमा रहेका रिजाल केहीसमय अघि मात्रै संस्थापन पक्षमै फर्किएका नेता हुन्।

‘नबिर्सौ विगतमा दुई कांग्रेस चलेनन, दुई एमाले चलेनन, दुई माओवादी चलेनन, दुई राप्रपा चलेनन, दुई मधेसी दल चलेनन, दुई विवेकशील चलेनन, फेरि दुई एमाले चल्लान र?’, उनले प्रश्न गर्दै सोधेका छन्।

प्रकाशित: May 23, 2021| 04:29 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।