बुधबार, भदौ १०, २०८३

स्पष्टीकरण सोधिएका ११ सांसदलाई एमालेले पठायो पत्र 

नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ।

कार्यालय सचिव शेरबहादुर तामाङले आज स्पष्टीकरण सोधिएका ११ जनालाई नै पत्र पठाइएको जानकारी दिए।

उनले कसैको इमेलमा त कसैलाई भाइबरमार्फत् पत्र पठाइएको जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। 

एमालेले वरिष्ठ नेताद्वय खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने  निर्णय गरेको हो।

यी ११ जना मध्ये खनाल, नेपाल र रावल मात्रै प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। बाँकी ८ जना समानुपातितर्फका हुन्।

प्रकाशित: May 23, 2021| 03:44 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।