बुधबार, भदौ १०, २०८३

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु 

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

धनगढी - डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दिपायलसिलगढी नगरपालिका–८, लडागडा सेटिगाउँकी २१ वर्षीय कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायलसिलगढी नगरपालिका–८  निवासी उनको भीरबाट लडेर मृत्यु भएका हो।

गाउँ नजिकै रहेको कोइरेलीगाड जंगलमा घाँस काट्न गएको समयमा भीरबाट लडेर मृत्यु भएको मल्लले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित: May 23, 2021| 03:57 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।