बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली-भण्डारीकाे कदम मानवीय संवेदनाहीन क्रुरता : विवेकशील साझा

ओली-भण्डारीकाे कदम मानवीय संवेदनाहीन क्रुरता : विवेकशील साझा

विवेकशील साझा पार्टीले कोभिड-१९ ले मुलुक आक्रान्त भएका बेला औषधि, अक्सिजन, अस्पताल-शय्या नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भएको बताएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - विवेकशील साझा पार्टीले कोभिड-१९ ले मुलुक आक्रान्त भएका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता भएको बताएको छ। 

संसद् विघटन र निर्वाचन घोषणाबारे विवेकशील साझाको बसेको आकस्मिक बैठकले औषधि, अक्सिजन, अस्पताल-शय्या नपाएर नागरिकहरू रोइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम मानवीय संवेदनाहीन क्रुरता भएकाे निष्कर्ष निकालेकाे हाे। 

यस्तै सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यसपटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्ने विवेकशील साझाले विश्वास व्यक्त गरेको छ। 

अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्ने पार्टीको भनाइ छ। 

‘मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन्,’ विवेकशील साझाले भनेको छ, ‘परम्परागत राजनीतिक दलहरूको सामूहिक विफलताको चर्को मूल्य आज मुलुकले चुकाउनु परिरहेको छ।’

अघिल्लो पटक संसद् विघटन हुँदा विरोधको एकै स्वर बोलेका प्रतिपक्षी दलहरू ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन के कति स्वार्थले एक ठाउँ उभिन सकेनन् ? भन्दै विवकेशील साझाले प्रश्न पनि गरेको छ। ‘ओली र भण्डारीको सर्वसत्तावादबाट मुलुकलाई जोगाउन विपक्षी दलहरू कहाँ कहाँ र कसरी चुके ? यो प्रश्नको इमानदार जवाफ उनीहरूले दिनुपर्छ,’ उसले भनेको छ। 

यस्तै विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिले साठगाँठपूर्ण ढंगबाट लोकतन्त्रविरुद्ध गरिरहेको निरन्तर प्रहारको एकबद्ध भएर विरोध गर्न सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ। 

प्रकाशित: May 23, 2021| 03:38 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।