बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै निलम्बित

जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै निलम्बित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगाउन मुख्य भूमिका खेलेका भनिएका राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद कृष्ण थापालाई सो पार्टीले कारबाही गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद जोगाउन मुख्य भूमिका खेलेका भनिएका राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद कृष्ण थापालाई सो पार्टीले कारबाही गरेको छ।

पार्टीका महासचिव मनोज भट्टले थापालाई केन्द्रीय सदस्यका साथै साधारण सदस्यबाटै निष्कासन गरिएको नेपाल समयलाई जानकारी दिए। 

मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा हस्ताक्षर नगरी एमालेप्रति आदरभाव देखाएका थापा, विपक्षी दलहरूले दाबी पेस गर्ने दिन एक्कासि बागलुङ पुगेका थिए। उनले सार्वजनिक रुपमै बरु पार्टीको कारबाही भोग्ने तर नेपाली कांग्रेसको नेतृत्वलाई नमान्ने अभिव्यक्ति दिँदै आएका थिए। 

उनको सांसद पद भने आगामी भूमिकाका आधारमा निर्णय हुने भट्टले बताए। ‘उहाँ साधारण सदस्यसमेत हुनुहुन्न, अब उहाँको भूमिकाको आधारमा सांसद पदको छिनोफानो हुन्छ,’ भट्टले भने। 

वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका पृथ्वी सुब्बा गुरुङ्ले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ। यसका साथै आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट पनि संसद‍्बाटै पारित गराउनुपर्नेछ। 

पार्टीले प्रदेश सभाका ती क्रियाकलापहरूमा थापाको भूमिका के हुन्छ, सोको आधारमा सांसद पदको बारेमा निर्णय लिने उनले बताए। 

दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि गुरुङले सदनबाट विश्वासको मत पाउनुपर्ने भएकाले अझै पनि गण्डकी प्रदेश सरकारको भविष्यको निर्णायक राष्ट्रिय जनमोर्चा नै हो।

प्रकाशित: May 23, 2021| 02:17 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।