बुधबार, भदौ १०, २०८३

कोरोना संक्रणबाट पूर्वराज्यमन्त्री घिमिरेको निधन

कोरोना संक्रमण पुष्टि भएको केही बेरमै विराटनगर स्थाइ बासिन्दा पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको निधन भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

विराटनगर- पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको निधन भएको छ। विराटनगर महानगरपालिका–२ का ९१ वर्षीय घिमिरेको कोरोना संक्रमण पुष्टि भएको केही बेरमा नै शनिबार राति ९ बजेतिर निधन भएको हो।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या भएर अस्वस्थ बनेका घिमिरेलाई पीसीआर परीक्षण गराउँदा शनिबार साँझ कोरोना पुष्टि भएको थियो।

नागरिक अगुवा रामबाबु दाहालका अनुसार कोरोना संक्रमण पुष्टि भइसकेपछि उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै पूर्वराज्यमन्त्री घिमिरेको निधन भएको हो। स्वास्थ्य अवस्था निक्कै जटिल बनेपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो।

घिमिरेले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएको दाहालले बताए। त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको भूमिकामा घिमिरे रहेको उनको भनाइ छ।

२०१७ सालसम्म कम्युनिष्ट पार्टीमा आवद्ध रहेका उनले नै मोहनविक्रम सिंहलाई पार्टी सदस्यता प्रदान गरेको दाहालले बताए। उनका अनुसार पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनष्टि पार्टीका केन्द्रीय सदस्य रहेका घिमिरे पार्टी परित्याग गर्दै पञ्चायतमा प्रवेश गरेका हुन्।

प्रकाशित: May 23, 2021| 03:40 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।