बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुन्छ : शशांक कोइराला

ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुन्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुने बताएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुने बताएका छन्।

संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर संकलन भइरहँदा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘ओलीले जुन हतकण्डा मच्चाएका छन्। उनले प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुन्छ,’ उनले भने,‘सभापति देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ भन्नेमा हामी विश्वस्त छौं।’

उनले सर्वोच्च अदालतले फेरि पनि संविधानको रक्षा गरेर संसद् पुनःस्थापना गर्नेमा आफूहरू विश्वस्त रहेको भन्दै त्यसपछि गठबन्धनको सरकार निर्माण हुने बताए।

उनले १४९ सांसदहरूमध्ये केहीले हस्ताक्षर नगरे पनि आवश्यक बहुमत बराबर सांसदहरूको हस्ताक्षर हुने बताए। उनले कोभिड महामारीको बेलामा सडक आन्दोलन गर्न असहज हुने भन्दै पहिले सर्वोच्च अदालतको फैसला हेरिने बताए।

प्रकाशित: May 23, 2021| 07:09 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।