बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोत्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोत्ने पक्राउ

संसद् विघटनको विरोध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोतेको आरोपमा एक जना विद्यार्थी नेता पक्राउ परेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - संसद् विघटनको विरोध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोतेको आरोपमा एक जना विद्यार्थी नेता पक्राउ परेका छन्। मध्यबानेश्वरको पीपलबोटबाट नेपाल विद्यार्थी संंघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर टाँस्दै गर्दा प्रहरीले पक्राउ गरेको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले नेपालसमयलाई जानकारी दिए। त्रिपाठीलाई महानगरीय प्रहरी वृत्त बानेश्वर हिरासतमा राखिएको छ।

‘संविधानमा व्यवस्था नै नभएका अनैतिक र गैरकानुनी काम गरिरहेका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सबैले आवाज उठाउन पाउनुपर्छ, लोकतन्त्र कसैको गोजीको कुरा होइन,’ ढुंगानाले भने। 

नेविसंघले त्रिपाठीलाई नछोडे आन्दोलन गर्ने जानकारी दिँदै उनले लोकतन्त्रमा राष्ट्रपति र प्रधानमन्त्रीले गैरकानुनी काम गरिरहेको आरोप लगाए।

‘त्रिपाठीलाई नछाडे हामी विधिवत् रुपमा सरकारविरुद्ध  आन्दोलनमा जान्छौं,’ उनले भने, ‘यहाँ विधि पद्धति र संविधानभन्दा माथि कोही छैन, हामी निरन्तर संंघर्ष गर्छौं।’

त्रिपाठीलाई पक्राउ गरेपछि नेविसंघका साथै अखिल क्रान्तिकारी, अनेरास्ववियू माधव समूह, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विरोध गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने बताएका छन्।

प्रकाशित: May 23, 2021| 06:58 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।