बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विघटित संसद्का सांसदहरू सिंहदरबारमा, रिट दायरका लागि हस्ताक्षर हुँदै

विघटित संसद्का सांसदहरू सिंहदरबारमा, रिट दायरका लागि हस्ताक्षर हुँदै

विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्।

सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले अहिले सांसदहरूको हस्ताक्षर गराइरहेको छ।

एक सांसदले आफूहरूले हस्ताक्षर सुरु गरेको र त्यसपछि सर्वोच्च अदालत गएर रिट दायर गर्ने जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले अहिले हस्ताक्षर गरिरहेका छन्।

अहिले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर गर्ने क्रम जारी छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरिरहेका छन्।

गठबन्धनको शनिबार बसेको बैठकले १४९ जना सांसदहरूकै हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गर्न जाने निर्णय गरेको थियो। अदालतीय ढाँचामा नै सांसदहरूको हस्ताक्षर भइरहेको छ।

प्रकाशित: May 23, 2021| 06:36 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।