बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रूपन्देहीको तिलोत्तमाले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने

रूपन्देहीको तिलोत्तमाले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नगरी आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नगरी आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने भएको छ।

कोरोना महामारीका कारण नगरपालिकाको निर्देशनअनुसार कक्षा ३ सम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नै लिइसकेका थिए।

बाँकी कक्षाको परीक्षा वैशाख १२ बाट सुरु भएकोमा कोरोना महामारी बढेपछि सोही दिनबाटै परीक्षा रोकिएको थियो। परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै नगर शिक्षा समितिले आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो।

शिक्षा समिति संयोजकसमेत रहेका नगर प्रमुख वासुदेव घिमिरेले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ ३१ गते एकसाथ आन्तरिक मूल्यांकनमार्फत् परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको बताए।

आन्तरिक मूल्यांकनको लागि त्रैमासिक परीक्षा र अर्धवार्षिक परीक्षामा प्राप्त अंकको ४०/४० प्रतिशत तथा विद्यालयमा रहेको विद्यार्थीको अभिलेखको आधारमा २० प्रतिशत तय गर्नुपर्ने मापदण्ड निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिए।

कक्षा ८ को नगरस्तरीय परीक्षाको लागि समेत सोहीअनुसारको मापदण्डको आधारमा मूल्यांकन गरी त्यसको विवरण जेठ २५ गतेभित्र शिक्षा शाखामा पठाउन विद्यालयलाई सूचित गरेको छ।

प्रकाशित: May 23, 2021| 03:21 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।