बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै

संसद् विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन्।

सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गर्नु अघि विपक्षी गठबन्धनका आआफ्नै संसदीय दलका बैठकपनि सिंहदरबारमा बोलाइएका छन्। 

हिजो नयाँ वानेश्वरस्थित ससद भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले नै आज सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेका दलहरुले आज अदालतमा रिट दायर गर्न लागेका हुन्। यस्तै कानुन व्यवसायीहरुले पनि अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्। 

राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन्। लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो।

प्रकाशित: May 23, 2021| 03:17 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।