राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउनका लागि नागरिकता अध्यादेश ल्याएको टिप्पणी गरेका छन्।
सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) निष्क्रिय भएको छ। कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएसँगै कोभिड–१९ उपचार र नियन्त्रणका लागि बनाएको आईसीएस निष्क्रिय भएको हो।
किनमेल गर्नेको भीड, मोलमोलाइ गर्नेको चर्को आवाज, व्यापारीको व्यस्तता। कोहीकसैलाई फुर्सद छैनन् हतारमा छन् सबै।
कालीमाटी तरकारी बजार र आसपासका खाद्यान्न पसलमा बुधबार बिहान देखिएको दृश्य यो हो।
यसका साथै बिरामीका कुरुवा र मलामी जानेले पनि जिल्ला प्रशासन कार्यालयको पास लिनुपर्ने भएको छ। प्रजिअ रिजालको आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत चेतावनी दिइएको छ।
'संसद् भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जाका लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन,' समूहको विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई धम्की नदिन नेपाल सरकारका अधिकारीहरुलाई आग्रह गरेको छ।
२५६५औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा वृक्षारोपण गरिएको छ। लुम्बिनीको पवित्र उद्यानको उत्तरी भागमा सिसौँका बिरुवा प्रतिस्थापन गरेर विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको हो।
'यस (नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम)लाई हामीले उसको आन्तरिक मामिलाका रूपमा लिएका छौँ। यसलाई उसले आफ्नै प्रयासमा प्रजातान्त्रिक प्रक्रियाबाट समाधान निकाल्नेछ,' प्रवक्ता बाग्चीको प्रेस नोटमा उल्लेख छ। नेपालमा विकसित पछिल्ला...
बाबा हुनुहुन्न अब। अनि मेरो बाबाको अवस्था यस्तो हुनुको सम्पूर्ण जिम्मेवार वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ताअघि बाबालाई मिर्गाैला डायलाइसिसका लागि लैजाँदा एसपीयो २...