मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा अस्पताल जाने बिरामीलाई पनि सीडीओको पास चाहिने

कैलालीमा अस्पताल जाने बिरामीलाई पनि सीडीओको पास चाहिने

यसका साथै बिरामीका कुरुवा र मलामी जानेले पनि जिल्ला प्रशासन कार्यालयको पास लिनुपर्ने भएको छ। प्रजिअ रिजालको आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत चेतावनी दिइएको छ। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

कैलाली- कैलालीमा अस्पताल जाने बिरामीले पनि जिल्ला प्रशासन कार्यालयको पास लिनुपर्ने भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बुधबार यस्तो आदेश जारी गरेका हुन्। 

यसका साथै बिरामीका कुरुवा र मलामी जानेले पनि जिल्ला प्रशासन कार्यालयको पास लिनुपर्ने भएको छ। प्रजिअ रिजालको आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत चेतावनी दिइएको छ। 

यसैबीच कैलालीमा निषेध आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्म लम्ब्याइएको छ। कैलालीमा वैशाख २९ गतेदेखि निषेध आदेश निरन्तर छ। विवाह र ब्रतबन्धमा ७ जनासम्म मात्र भेला हुन पाइने समेत आदेश प्रजिअको छ। यस्तै मर्निङ वाक र इभिनिङ वाकमा समेत पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।  

जिल्लामा खाद्य सामग्रीका पसल सातामा तीन दिन मात्र बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

यस्तो छ प्रजिअ रिजालको आदेश

प्रकाशित: May 26, 2021| 10:23 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।