मंगलबार, भदौ ९, २०८३

कोभिड अध्यादेश आएपछि आईसीएस निष्क्रिय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) निष्क्रिय भएको छ। कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएसँगै कोभिड–१९ उपचार र नियन्त्रणका लागि बनाएको आईसीएस निष्क्रिय भएको हो। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) निष्क्रिय भएको छ। कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएसँगै कोभिड–१९ उपचार र नियन्त्रणका लागि बनाएको आईसीएस निष्क्रिय भएको हो। 

आईसीएसले गर्दै आएका कामहरु केही कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कोभिड–१९ युनिफाइड केन्दीय अस्पतालले गर्ने भएपछि निष्क्रिय बनाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए।

अध्यादेश जारी भएपछि आईसीएसले गर्ने काम युनिफाइड केन्द्रीय अस्पताल र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको अधिकार क्षेत्रमा परेको छ। आईसीएसले हालसम्म कोभिड–१९को उपचार र व्यवस्थापनलगायतका कार्यहरु गर्दै आएको थियो। सहप्रवक्ता डा. अधिकारीले भने, ‘अहिले धेरैजसो कामहरु कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र युनिफाइड केन्द्रीय अस्पतालले गर्ने व्यवस्था अध्यादेशमा छ।’

अध्यादेशमा स्वास्थ्य मन्त्रालय मातहत शक्तिशाली युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को व्यवस्था गरिएको छ । केन्द्रीय अस्पताललाई कोभिड–१९ उपचार र व्यवस्थापनको कमाण्ड दिइएको छ ।
 

प्रकाशित: May 26, 2021| 10:46 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।