मंगलबार, भदौ ९, २०८३

रुपन्देहीमा पनि जेठ २० गतेसम्म लम्बियो निषेश आदेश  

कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा थप एक साता निषेध आदेश लम्बिएको छ।   
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

बुटवल– कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा थप एक साता निषेध आदेश लम्बिएको छ।   

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ २० गते राति १२ बजेसम्म निषेध आदेशको अवधि थप गरेको हो। यसअघि थप गरेको निषेध आदेशको समय भोलि बिहीबार बिहान ६ बजे सकिँदै थियो।

रुपन्देहीमा कोरोनाको संक्रमण दर अझै पनि कम नभएकाले बुधबार बसेको बैठकले निषेध आदेश बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले  जानकारी दिए। 

यस अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, बिजुली, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधनजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको थापाले जानकारी दिए । 

रुपन्देहीमा अहिले पनि ३ हजार ९ सय ८७ जना सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा ३ हजार ६ सय ७८ र ३ सय ९ जना अस्पतालमा उपचारमा रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। हालसम्म ३ सय ९७ जनाको कोरोनाबाट मृत्यु भएको छ। 

जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ। कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ। 

त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ।

प्रकाशित: May 26, 2021| 08:54 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।