मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला : भारत

पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला : भारत

'यस (नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम)लाई हामीले उसको आन्तरिक मामिलाका रूपमा लिएका छौँ। यसलाई उसले आफ्नै प्रयासमा प्रजातान्त्रिक प्रक्रियाबाट समाधान निकाल्नेछ,' प्रवक्ता बाग्चीको प्रेस नोटमा उल्लेख छ। नेपालमा विकसित पछिल्ला घटनाक्रमलाई भारतले 'नोट' गरेको समेत उनले उल्लेख गरेका छन्। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको टिप्पणी गरेको छ। भारतीय विदेश मन्त्रालयले बुधबार जारी गरेको प्रेस नोटमा प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको प्रतिक्रिया दिइएको छ। 

'यस (नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम)लाई हामीले उसको आन्तरिक मामिलाका रूपमा लिएका छौँ। यसलाई उसले आफ्नै प्रयासमा प्रजातान्त्रिक प्रक्रियाबाट समाधान निकाल्नेछ,' प्रवक्ता बाग्चीको प्रेस नोटमा उल्लेख छ। नेपालमा विकसित पछिल्ला घटनाक्रमलाई भारतले 'नोट' गरेको समेत उनले उल्लेख गरेका छन्। 

छिमेकी र मित्रराष्ट्र भएकाले नेपालसँगको सम्बन्धमा उतारचढाव नआउने र नेपालको प्रगति, शान्ति, स्थायित्व र विकासका लागि भारतको सहयोग जारी रहने प्रवक्ता बाग्चीको प्रेस नोटमा उल्लेख छ। 

प्रकाशित: May 26, 2021| 08:40 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।