मंगलबार, भदौ ९, २०८३

क्षेत्रपाटीमा कोभिड अस्पताल सञ्चालन

काठमाडौँ महानगरपालिकाको सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा आज (बुधबार) देखि विशेष कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाको सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा आज (बुधबार) देखि विशेष कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ।

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो। यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट रु. ३० लाख ३४ हजार ७०० र मासिक सञ्चालन खर्चबापत भण्डै रु. ४८ लाख १६ हजार ६०० रकम सहयोग गरेको छ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र नगर प्रमुख विद्यासुन्दर शाक्यले संयुक्तरुपमा आज अस्पताल सञ्चालनको शुभारम्भ गरेका हुन्। अस्पतालका निर्देशक डा. प्रेमकुमार जोशीका अनुसार अब अस्पतालमा सात आईसीयू, चार भेन्टिलेटर, ६ एचडियुसहित ३५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ।

महानगरसँग भगिनी सम्बन्ध स्थापना भएको चीनको ल्हासा शहरबाट उपलब्ध भएको भेन्टिलेटरमध्ये दुई छेत्रपाटी चिकित्सालयलाई यसअघि नै दिइएको छ। यसैगरी अस्पतालले खरीद गर्ने थप तीन भेन्टिलेटरको रकम पनि महानगरले नै भुक्तानी गर्ने सहमति भएको छ। अस्पतालको पूर्वाधार सुधारका लागि करीब रु. ३० लाख खर्च गरेर लिफ्ट जडान गरिसकेको र नयाँ भवन निर्माण गर्न करीब रु. पाँच करोड विनियोजन गरेको नगर प्रमुख शाक्यले जानकारी दिए।

शुभारम्भपछि राज्यमन्त्री मानन्धरले महामारीले अस्पतालहरुको अवस्था बुझ्न मद्दत गरेको बताए। महानगरले स्वास्थ्य क्षेत्रमा बढाउँदै लगेको लगानीको प्रशंसा गर्दै उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम व्यक्ति वा समूहको भन्दा माथि हुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

गत वैशाख २५ गतेदेखि अहिलेसम्ममा महानगरले कोरोना नियन्त्रणका लागि आवश्यक यन्त्र उपकरण सहयोग गर्न भन्दै १२ अस्पतालसँग सम्झौता गरिसकेको छ।

यसरी सम्झौताबमोजिम क्षेत्रपाटी अस्पतालमा आजदेखि कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो। यससँगै ८८ अक्सिजनसहित २०० श्ययाको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ श्ययाको एचडीयू र २५ श्ययाको साधारण गरी ५० श्ययाकोे आइसोलेसन सञ्चालनमा आइसकेका छन्। यस्तै विभिन्न अस्पतालमा ४२ भेन्टिलेटर र १० थान प्रेसर यन्त्र जडान हुँदैछन्। रासस

प्रकाशित: May 26, 2021| 10:12 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।