मंगलबार, भदौ ९, २०८३

ईक्यानद्वारा कोभिड हेल्पडेस्क स्थापना

शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन ईक्यानले कोभिडहेल्प डेस्क स्थापना गरेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन ईक्यानले कोभिडहेल्प डेस्क स्थापना गरेको छ।

कोभिडका १९ को मारमा परेका परामर्श व्यवसायी, यस व्यवसायसँग आबद्ध कर्मचारी, अभिभावक, विद्यार्थीलगायत स्वस्थ्य सेवाको अवसबाट बञ्चित भएका नागरिकलाई सेवा दिने उदेश्यले कोभिड १९ राहत कोष बनाएर हेल्पडेस्कमार्फत् सेवा प्रभाह गरिने ईक्यानले जनाएको हो। 

अहिले कोरोना महामारीको विषम परिस्थितिमा व्यवसायीलाई परेको समस्यामा हेल्पडेस्कले सहयोग पुग्ने अपेक्षा लिएको ईक्यानका उपाध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

उनले भने, ‘कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका व्यवसायी र यससँग सम्बद्ध सबैलाई सहयोग गर्न ईक्यानले अन्तर्राष्ट्रिय दातृ निकाय, विभिन्न विश्वविद्यालय र व्यवसायीहरुसँग सहयोग जुटाएर फण्ड बनाएको छ। उक्त फण्ड कोभिड हेल्प डेस्कमा प्रयोग हुनेछ। त्यसले मेडिकल असिस्ट गर्ने काम गर्नेछ।’

ईक्यानले समाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै ईक्यानको बर्तमान कार्यसमितिका सदस्यसहतिको सम्पूर्ण टिम नै यसमा लागि परेको उनको भनाइ छ। अहिले सुरुमा २ लाख ५१ हजार रुपैयाँ जम्मा गरेर सुरु गरेको कोषमा अन्य निकायबाट सहयोग जुटाएर कोरोना प्रभावित व्यक्तिको सहयोगमा खर्च गर्ने योजना बनाएको पनि ईक्यानले जनाएको छ।

प्रकाशित: May 26, 2021| 10:42 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।