मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘एक हप्ता सबै ठप्प हुने रे, खाद्यान्नको जोहो गर्नैपर्‍यो!' [भिडियाेसहित]

‘एक हप्ता सबै ठप्प हुने रे, खाद्यान्नको जोहो गर्नैपर्‍यो!' [भिडियाेसहित]

किनमेल गर्नेको भीड, मोलमोलाइ गर्नेको चर्को आवाज, व्यापारीको व्यस्तता। कोहीकसैलाई फुर्सद छैनन् हतारमा छन् सबै। कालीमाटी तरकारी बजार र आसपासका खाद्यान्न पसलमा बुधबार बिहान देखिएको दृश्य यो हो।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं– किनमेल गर्नेको भीड, मोलमोलाइ गर्नेको चर्को आवाज, व्यापारीको व्यस्तता। कोहीकसैलाई फुर्सद छैनन् हतारमा छन् सबै।
कालीमाटी तरकारी बजार र आसपासका खाद्यान्न पसलमा बुधबार बिहान देखिएको दृश्य यो हो। झमझम पानी परिरहँदा खाद्यान्न र तरकारी किनबेच गर्नेको मेला लागेको थियो। भीडका कारण सवारीसाधन जाम हुँदा व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालित थिए। 

भीड हेर्दा यस्तो लाग्थ्यो मुलुकमा कोरोना महामारी नियन्त्रणमा आएर जनजीवन सहज भइसकेको छ। तर किनमेल गर्नेलाई महामारी संक्रमणको कुनै भय देखिएको थिएन। कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले थप एक साता निषेध आदेश थप्ने निर्णय गरेका छन्। थपिएको अवधिमा खाद्यान्न र तरकारी पसलसमेत खोल्न नदिने निर्णय भएको छ। 

 

प्रशासनले दुई दिन (१२ र १३ गते) भित्रमा आवश्यक खाद्यान्न र तरकारी किनमेल गरेर राख्न अपिल गरेको छ। प्रशासनले आगामी एक साता मेडिकलबाहेक पसल खोल्न नदिने निर्णय गरेको छ। प्रशासनको यही निर्णयका कारण बुधबार बिहान कालीमाटीसहित उपत्यकाका अधिकांश खाद्यान्न पसलमा घुइँचो लागेको हो। उपभोक्तालाई चामल, दाल, गेडागुडी तेललागयतका सामग्री पोको पार्न भ्याइ नभ्याइ थियो। 

करिब ६ हजार रुपैयाँको खाद्यान्न किनेर फर्किन लागेका स्वयम्भूका अनिल आलम भन्दै थिए, ‘एक हप्ता सबै ठप्प हुने रे। अनि खाद्यान्नको जोहो त गर्नैपर्‍यो। आफूसँग पैसा नभएपछि सापट गरेर खाद्यान्न किनेको उनले सुनाए।  प्रशासनको निर्णयका कारण गरिब र निम्नमध्यम वर्गीय परिवार मारमा परेको उनको गुनासो छ। 

‘पैसा छैन, खान परिगयो। त्यसैले ऋण काढेर खाद्यान्न किन्न आएको’, दिलबहादुरले भने, ‘निषेध आदेशले यसै मारमा परिएको थियो, प्रशासनको निर्णयले थप कष्टकर बनेको छ।’ 

‘यो गरिबमारा निर्णय हो। काम केही नचलेका बेला कहाँबाट एक सातासम्म पुग्ने सामान किनेर राख्न सक्छन् गरिबले?’ उनले असन्तुष्टि पोखे।  डल्लुमा डुनट पसल चलाउँदै आएका खोटाङ हलेसीका दिलबहादुर मगरले बुधबार २२ सय ५० रुपैयाँको खाद्यान्न किने। पैसा अभावले बिहानबेलुका छाक टार्न धौ धौ भइरहेका बेला प्रशासनले एक हप्ता सबै पसल बन्द गर्ने निर्णय गरेपछि उनी साथीभाइसँग सापट मागेर खाद्यान्न किन्न आएका रहेछन्। 

‘पैसा छैन, खान परिगयो। त्यसैले ऋण काढेर खाद्यान्न किन्न आएको’, उनले भने, ‘निषेध आदेशले यसै मारमा परिएको थियो, प्रशासनको निर्णयले थप कष्टकर बनेको छ।’ 

कालीमाटी बस्दै आएका मकवानपुरको हेटौंडाका अनिल रुम्बा प्रशासनको निर्णयका कारण भीड बढेको भन्दै आक्रोश पोख्दै थिए। 
‘पैसा नभएकाले कहाँबाट किन्नु? दुई मात्रै खुल्छ भनेपछि नकिने के खानु? जहाँबाट पनि समस्या मात्रै थप्ने काम गर्छ सरकार’, उनले भने। उनी कालीमाटीको भित्री क्षेत्रमा किराना पसल चलाउँदा रहेछन्। 

‘प्रशासनको निर्णयले अलिअलि चलेको पसल पनि बन्द भएपछि अब के ले खाने? अब कसरी बाँच्ने?’ उनले प्रश्न गरे।  खाद्यान्न पसलमा भन्दा धेरै भीड कालीमाटी तरकारी बजारमा थियो। निष्फिक्री ढंगबाट तरकारी किनबेच चलिरहेको थियो।

व्यापारीका अनुसार दोस्रो लहरको कोरोना सुरु हुनुअघि जति भीड थियो, अहिले पनि उति नै भीड छ। पहिले आफूलाई मन लाग्दासम्म खोल्न पाइन्थ्यो, अहिले प्रशासनलाई मन लाग्दासम्म मात्रै खोल्न पाइन्छ। 

 


 

प्रकाशित: May 26, 2021| 10:28 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।