काठमाडौं- आज बुधबार देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ६ हजार ७१६ जना निको भएका छन् । आज देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा १४५ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन्। नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने ४ लाख ११ हजार ६०३ निको भएका छन्। देशभर ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ।
