मंगलबार, भदौ ९, २०८३

एमालेले नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण सोध्दै

नेकपा एमालेले नेता माधव नेपाल पक्षका थप १२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- नेकपा एमालेले नेता माधव नेपाल पक्षका थप १२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार ढाल्ने भूमिकामा अग्रसर देखिएको भन्दै एमालेले थप १२ जना सांसदलाई स्पष्टीकरण सोध्न लागेको पार्टीका सांसद तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाइँदैछ।

‘आज पत्र पठाइँदैछ, अहिले पत्र काट्ने काम भइरहेको छ, चित्तबुझ्दो जवाफ आएन भने अब पार्टीको स्थायी कमिटी बैठकले निर्णय गर्ला’ तामाङले नेपालसमयडटकमसँग भने।

यसअघि एमालेले वरिष्ठ नेता नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो। उनीहरुको जवाफ चित्त नबुझेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ।

प्रकाशित: May 26, 2021| 09:19 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।