मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षका १२ सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधियो

नेपाल पक्षका १२ सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधियो

सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ।

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाइएको जानकारी दिएका छन्।

संसद विघटन भएपछि विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई बहुमत सांसदको हस्ताक्षर भएकाले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने लगायतका माग राखेर रिट दायर गरेका छन्। उक्त रिटमा नेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।

एमालेले नेता माधव नेपाल, झलनाथ खनाल तथा भीम रावलसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्काशित गरिसकेको छ। बाँकी रहेका १२ जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण पत्र पठाइएको छ।

सोमबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निष्कासनका साथै यी १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको थियो।

प्रकाशित: May 26, 2021| 11:54 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।