मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : बजेट अधिवेशन आह्वान गर्न विपक्षी चार दलको माग

प्रदेश १ : बजेट अधिवेशन आह्वान गर्न विपक्षी चार दलको माग

प्रदेश १ का विपक्षी दलहरुले बजेट अधिवेशन आह्वान गर्न माग गरेका छन्।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

विराटनगर- प्रदेश १ का विपक्षी दलहरुले बजेट अधिवेशन आह्वान गर्न माग गरेका छन्। आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट संसदबाटै ल्याउन उनीहरुको माग छ। मंगलबार संसद सचिवालयमा संयुक्त पत्रकार सम्मेलन गरी विपक्षी दलका नेताहरुले अध्यादेशबाट बजेट नल्याउन चेतावनी दिएका छन्। 

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताए। जेठ १६ गतेभित्र बजेटमाथि पूर्वछलफल गराउनु पर्ने तर सरकारले बजेट अधिवेशन नै बोलाउने छाँटकाँट नदेखाएको उनले बताए। प्रदेश सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको कोइरालाको आरोप छ।

नेकपा माओवादी संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्ने र संघीय सरकारको सिको गर्दै अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको बताए। उनले भने, ‘गत वर्ष पनि कोरोनाको कारण देखाएर अध्यादेशबाट बजेट ल्याउने भनेर दबाब आएको थियो तर मैले मानिनँ।’ सरकारलाई दबाब दिन आफूहरु एक ठाउँमा उभिएको आङ्बोले बताए।

नेपाली कांग्रेस दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो, जसपा दलका नेता जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रदेश १ सरकारलाई नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन माग गरेका हुन्।

प्रकाशित: May 26, 2021| 10:58 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।