प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा दिएका छन्।
गठबन्धनमा रहेको नेकपा एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने नहुने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।
गोदाम घर र जाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको छ। यस्तै भन्सारको पूर्वाधार, क्वारिन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ भने तीनवटा गेट पनि बनिसकेका छन्। ट्रकको...
पौडेलपछि मन्त्रालय सम्हाल्न पुगेका जनार्दन शर्माले अर्थमन्त्री नियुक्त भएको भोलिपल्टैदेखि नयाँ बजेटका विषयमा सल्लाह गरिरहेका छन्। अर्थमन्त्री शर्माले मन्त्रालयका कर्मचारीलाई पनि नयाँ बजेटको तयारी गर्न निर्देशन दिएको कर्मचारीहरू बताउँछन्।
कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार भएको छ। करिडोरको कुल २६७ किलोमिटर (कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म) मध्ये १२२ किलोमिटर (खुलालुदेखि हुम्ला सलिसल्लासम्म) सडक निर्माण सम्पन्न भएको हो।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठक महाधिवेशन केन्द्रित भएको नेता रमेश लेखकले बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता लेखकले सरकारका...
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको र बाँकी काम पनि...
च्याम्पियनसिपको तयारीका लागि भन्दै नेपाल भलिबल संघ (एनभीए)ले असारको सुरुबाट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। प्रारम्भिक चरणमा बोलाएका खेलाडीबाट केही पहिलो चरणको खेलाडी छनोट पनि गरिसकेको थियो।
लुम्बिनी प्रदेशका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बलजफ्ती, निरंकुश र स्वेच्छाचारी ढंगलले सरकार चलाएको भन्दै तत्काल राजीनमा दिन माग गरेका छन्।