शुक्रबार, भदौ ५, २०८३

पूर्ण सीट क्षमताका आधारमा सवारी सञ्चालनमा

बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

बैतडी- बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। गएको असार १६ देखि आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन भइरहेकोमा आजदेखि निषेधाज्ञा थप खुकुलो भएसँगै पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन्। 

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा शुक्रबार जारी गरिएको आदेशानुसार जिल्लाभित्र पूर्ण सीट क्षमताका आधारमा यात्रु बोक्न पाइने भनिएको छ। 

सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टिजेन परीक्षण भने गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ। जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आएका हुन्। 

यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सीट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुले चर्को भाडा तिर्नु परेको थियो। बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ। 

निषेधाज्ञाको उक्त अवधिमा सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुने छन्, सबै प्रकारका पसल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिने भएको छ। व्यापारीको हरेक १५/१५ दिनमा कोरोना परीक्षण विवाह व्रतबन्ध जस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइने छ। 

यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ। भारतसँग सीमा जोडिएका जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। रासस

प्रकाशित: Jul 17, 2021| 00:43 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।