जनकपुरधाम- प्रदेश २ को सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ। लामो समयको कसरतपछि माओवादी १ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो।
माओवादी केन्द्र प्रदेश २ संसदीय दलका नेता भरत साहका अनुसार शनिबार ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ। माओवादीको तर्फबाट मन्त्रीको रुपमा भरतप्रसाद साह मन्त्री र राज्यमन्त्रीको रुपमा रुवी कर्णले शपथ लिने बताइएको छ। यद्यपि कुन मन्त्रालय लिएर सरकारमा जाने भन्ने विषयमा साहले केही खुलाएनन्।
स्रोतका अनुसार अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा कानूनलाई फुटाएर वा कृषि मन्त्रालयमध्ये कुनै १ मन्त्रालय माओवादी केन्द्रलाई दिइने बताइएको छ।
यता मुख्यमन्त्री राउतले माओवादी केन्द्रलाई दिने मन्त्रालयको मन्त्रीलाई समेत राजिनामा गराउने तयारी गरिरहेको जनाइएको छ।