शुक्रबार, वैशाख २८, २०८१

राजनीतिक चोकमा नेता नेपाल, लड्ने कि अलग हुने?

अध्यक्ष ओली पक्ष आफ्नै तरिकाले बैठक सञ्चालन गर्दै अघि बढेको छ भने  नेपाल पक्ष संघर्ष गरेर सँगै रहने वा अलग हुने भन्ने अन्योलमा छ।
 |  शुक्रबार, साउन १, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, साउन १, २०७८

काठमाडौं– आन्तरिक विवाद समाधानका लागि दसबुँदे सहमतिपछि उत्साहित एमाले कार्यकर्ता विकसित राजनीतिक घटनाक्रमका कारण निराश बनेका छन्।  सर्वोच्च अदालतको परमादेशबाट अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुअघिसम्म मिल्नमिल्न लागेको एमाले विवाद कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि झन् बढेको छ। 

triton college

विवाद बढ्दै गए पनि अध्यक्ष ओली पक्ष आफ्नै तरिकाले बैठक सञ्चालन गर्दै अघि बढेको छ भने  नेपाल पक्ष संघर्ष गरेर सँगै रहने वा अलग हुने भन्ने अन्योलमा छ। यी घटनाक्रमका कारण दसबुँदे सहमतिको मात्र होइन, सिंगो एमालेकै भविष्य अन्योलमा परेपछि कार्यकर्ता निराश बनेका हुन्।

यसबीचमा एमाले अध्यक्ष ओलीले बालकोटस्थित निवासको बार्दलीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा ठाउँ नरहेको भन्दै ललकारेका छन्। यसपछि पार्टी एकतामा प्रक्रियामा बढेको अन्योल वरिष्ठ नेता नेपालले देउवा सरकारलाई विश्वासको मत दिने वचन दिएपछि झन् चुलिएको छ। अझ शुक्रबार एमाले स्थायी कमिटी बैठक नेपाल पक्षले बहिष्कार गर्नु र बैठकले कार्यदल भंग गरेपछि एकता प्रक्रिया तत्कालका लागि स्थगितजस्तै देखिएको छ। 

दसबुँदेमा असन्तुष्ट भए पनि आशावादी थिए नेपाल

असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको दसबुँदे सहमति रातारात गरिएको भन्दै एमाले वरिष्ठ नेता नेपालले आपत्ति जनाए। तर त्यही सहमतिकै आधारमा विवाद समाधान गर्दै अघि बढ्न सकिन्छ कि भन्ने झिनो आस उनको थियो। नेपाल निकट एक नेता भन्छन्, ‘रातारात भएको सहमतिमा विरोध हुनु स्वाभाविकै हो। तर लामो गृहकार्यपछि भएको सहमतिले मिलनबिन्दु फेला पर्ने सक्ने आस नेतृत्वमा थियो।’

corrent noodles
Metro Mart

भोलिपल्ट अर्थात् असार २८ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमाले एकताका लागि जारी प्रयास प्रयास थप जटिलतातर्फ धकेलिदिएको छ। 

नेपाललाई पार्टीमा ठाउँ नभएको ओलीको बोली

पार्टीभित्रकै २३ जना सांसदहरुको हस्ताक्षरकै कारण सत्ताबाट बाहिरिनुपर्दा अध्यक्ष ओली आक्रोशमा आउनु स्वाभाविक थियो। बालुवाटारबाट बालकोट पुगेपछि उनले व्यक्त गरेको रोष अदालत र वरिष्ठ नेता नेपालप्रति नै थियो। ‘आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्नेलाई एमालेभित्र अब कुनै स्थान छैन,’ ओलीले निवासमा भएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘अरु साथीहरु कमजोरी स्वीकारेर आउँछन् भने उनीहरुलाई दलभित्र स्वागत हु नसक्छ तर माधव नेपालाई यहाँ कुनै पनि स्थान छैन।’

ओलीको अभिव्यक्तिले कार्यदलमा भएको सहमति अघि बढ्ला भन्ने विश्वास घटेको कार्यदलमा नेता नेपाल पक्षबाट संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलको भनाइ छ।

अध्यक्ष ओलीले माधव नेपालले नै प्रतिपक्षीहरुसँग मिलेर आफ्नो सरकार ढालेको आरोप लगाए। भने, ‘माधव नेपालको गल्ती कमजोरी स्वीकार्ने ठाउँ छैन। उनले नै नै प्रतिपक्षीसँग मिलेर मेरो सरकार ढालेको हो। यस्तालाई स्वीकार्न सकिन्न।’ यसले पनि एमालेभित्रको एकता प्रक्रिया झन् बिथोल्न सघायो। 

नेपाल समूह ओलीले बालकोटमा दिएको अभिव्यक्ति एकता विरोधी भएको बताउँछन्। ओलीको अभिव्यक्तिले कार्यदलमा भएको सहमति अघि बढ्ला भन्ने विश्वास घटेको कार्यदलमा नेता नेपाल पक्षबाट संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलको भनाइ छ। उनी भन्छन्, ‘अध्यक्ष ओलीले बालकोटमा दिएको अभिव्यक्तिले झनै असहज बनायो।’ उनको अभिव्यक्ति र त्यसपछि एकलौटी रुपमा पार्टीका बैठक राखेको विषयले एमालेमा भएको सहमतिलाई पनि ओझेलमा पारेको छ।

नेपाल पक्षको बैठक बहिष्कार

अध्यक्ष ओलीले नेपाल पक्षलाई बैठकमा डाक्न भने छाडेका छैनन्। शुक्रबार पनि बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षलाई आमन्त्रण गरिए पनि कुनै नेता सहभागी भएनन्। कार्यदलमा रहेका नेताहरु बैठक रोकेर सहमतिका आधारमा अघि बढ्न भन्दै प्रस्ताव लिएर गए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै बैठकलाई निरन्तरता दिए।

ओली पक्ष मात्रै सहभागी उक्त बैठकले कार्यदलले गरेको दसबुँदे सहमति अनुमोदन गरेको छ। माधव नेपाल पक्षको असहमतिका बीच बसेको बैठकले गरेको निर्णयले पनि एमाले विवादले नयाँ मोड लिने देखिएको छ। 

ओली पक्ष मात्रै सहभागी उक्त बैठकले कार्यदलले गरेको दसबुँदे सहमति अनुमोदन गरेको छ। माधव नेपाल पक्षको असहमतिका बीच बसेको बैठकले गरेको निर्णयले पनि एमाले विवादले नयाँ मोड लिने देखिएको छ। 

शुक्रबार बसेकाे एमाले स्थायी कमिटी बैठक।

बैठक रोक्न गरेको आग्रह ओलीले नटेरेपछि कार्यदलका सदस्यहरुले वरिष्ठ नेता नेपालसँग छलफल गरेका छन्। ‘ओली सुध्रिने कुनै लक्षण देखिएन। भएका सहमतिको मसी नसुक्दै उल्लंघन भयो,’ नेपाल निकट कार्यदलका एक सदस्य भन्छन्, ‘अब हामी गम्भीर रुपमा समीक्षा गरेर अघि बढ्छौं।’ ती नेताका अनुसार अब ओलीसँग संघर्ष गरेर भए पनि पार्टी एकता कायम राख्नुपर्ने पक्षमा छलफल अघि बढाइनेछ। 

पार्टीमा बसेर संघर्ष गर्ने वा अलग हुने दुई विकल्प

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका पार्टीका सांसदकै कारण अहिलेको परिस्थिति उत्पन्न भएको ओलीको बुझाइ छ। जनादेशबाट नभई परमादेशबाट आफू सरकारबाट बाहिरिनुपरेको बताउँदै आएका ओली नेपाल पक्षले देउवालाई विश्वासको मत दिने आश्वासन दिएपछि थप सशंकित बनेका छन्। उनी निकटका नेता पनि सहमतिको औचित्य नरहेको बताउँछन्। प्रवक्ता ज्ञवालीले पटकपटक आग्रहमा स्थगित गरिँदै आएको भन्दै सधैं बैठक रोकेर बस्न नसकिने बताउँछन्। 

ओली पक्षीय नेता एवम् प्रमुख सचेतक विशाल भट्टराई असन्तुष्ट भएर पार्टीका बैठकमा सहभागी नभएका नेताहरुको हकमा अर्को बैठकमा उपस्थित हुने वातावरण पार्टीले पहल गर्ने बताउँछन्।

एमाले उपाध्यक्ष एवम् माधव नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्य एमाले जटिल मोडबाट अघि बढिरहेको बताउँछिन्। उनी भन्छिन्, ‘अहिले हामी निकै जटिल अवस्थाबाट गुज्रिरहेका छौं। पार्टी अध्यक्षको अभिव्यक्ति र कार्यशैलीले वातावरण बिथोलिएको छ,’ उनले भनिन्, ‘अब कसरी अघि बढ्ने भन्ने ठोस निष्कर्षमा पुगिसकेका छैनौं।’ 

उनले अहिले आफूहरुका अगाडि एमालेभित्रै रहेर संघर्ष गर्ने वा अलग हिसाबले अघि बढ्ने भन्ने दुईवटा मात्रै विकल्प रहेको बताइन्। यस यसबारे गहन छलफल हुने उनको बुझाइ छ।

ओली पक्षीय नेता एवम् प्रमुख सचेतक विशाल भट्टराई असन्तुष्ट भएर पार्टीका बैठकमा सहभागी नभएका नेताहरुको हकमा अर्को बैठकमा उपस्थित हुने वातावरण पार्टीले पहल गर्ने बताउँछन्। उनका अनुसार त्यो कसरी सम्भव हुन्छ भन्ने अझै प्रस्ट भइसकेको छैन। सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य भनेको माधव नेपाल पक्ष र त्यही फैसलाको चर्को विरोध गरेर सडक प्रदर्शन गरेको ओली पक्षबीच एकता प्रक्रियाले नयाँ मोड लेला भन्ने अवस्था देखिएको छैन।  

प्रकाशित: Jul 16, 2021| 16:44 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।