शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विघटित कार्यदलका नेताहरु संसदीय दलको कार्यालयमा छलफल गर्दै

विघटित कार्यदलका नेताहरु संसदीय दलको कार्यालयमा छलफल गर्दै

नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु बिहानैदेखि छलफलमा जुटेका छन्। 
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु बिहानैदेखि छलफलमा जुटेका छन्। 

संस्थापन पक्षको शुक्रबारको बैठकले कार्यदल विघटनको निर्णय गरे पनि त्यसमा रहेका सदस्यहरु छलफलमा जुटेका हुन्।

एक नेताका अनुसार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल सुरु भएको छ ।

आजको छलफलमा कार्यदलमा नरहेका नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्यसमेत सहभागी छन्। आचार्य भने यसअघि देखि नै कार्यदलका बैठकमा सहभागी हुँदै आएका छन्। 

असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन्।

प्रकाशित: Jul 17, 2021| 04:04 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।