शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • औरही गाउँपालिकामा गुपचुप भुक्तानी, कशिमन लिएर भुक्तानी गरिएको उपाध्यक्षको आरोप

औरही गाउँपालिकामा गुपचुप भुक्तानी, कशिमन लिएर भुक्तानी गरिएको उपाध्यक्षको आरोप

धनुषाको औरही गाउँपालिकाले विभिन्न आयोजनाहरुको भुक्तानी दिँदा उपाध्यक्षलाई ‘बाइपास’ गरी अनियमितता गरेको पाइएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

जनकपुरधाम- धनुषाको औरही गाउँपालिकाले विभिन्न आयोजनाहरुको भुक्तानी दिँदा उपाध्यक्षलाई ‘बाइपास’ गरी अनियमितता गरेको पाइएको छ।

योजनाहरुको अनुगमन गर्ने उपाध्यक्षको हस्ताक्षरबिनै र कमिशन लिएर भुक्तानी गरेको पाइएको हो।
गाउँपालिकाका विभिन्न योजनाहरुको भुक्तानी जनकपुरमा बन्द कोठाभित्र बसेर गरिएको गाउँपालिकाकी उपाध्यक्ष मिरादेवी सहनीले आरोप लगाएकी छन्।

असार मसान्तको राति जनकपुरधाम पुगेर आफ्नो हस्ताक्षरबिनै भुक्तानीको काम गरिएको उनले बताइन्। उनले भनिन् ‘विगत १० दिनदेखि अध्ययक्षजी, प्रशासकीय अधिकृत, प्राविधिकलगायतका केही कर्मचारीहरु कार्यालय आउन छोडेका थिए, पछि कार्यालयमा उनीहरुको कोठा हेर्दा न फाइल थियो, न ल्यापटप।’ मैले कुनै फाइलमा अनुगमन समितिको संयोजकको हैसियतले हस्ताक्षर गरेको छैन, म कहाँ एउटा फाइलसम्म आको छैन।’, उनले भनिन् ‘पछि अध्यक्षजीलाई यस विषयमा फोन गर्दा आफूलाई कुनै जानकारी नरहेको भने।’ 

जनकपुर पुगेर बन्द कोठाभित्र कमिशनन लिएर भुक्तानी दिने काममा अध्यक्षको समेत संलग्नता रहेको उपाध्यक्ष सहनीको आरोप छ।

मैले कुनै फाइलमा अनुगमन समितिको संयोजकको हैसियतले हस्ताक्षर गरेको छैन, म कहाँ एउटा फाइलसम्म आको छैन।’, उनले भनिन् ‘पछि अध्यक्षजीलाई यस विषयमा फोन गर्दा आफूलाई कुनै जानकारी नरहेको भने।’ 

कार्यालयको काम कार्यालयमै नगरिएको र फाइल तथा कागजातसमेत जनकपुरमै राखेकाले आफूले कार्यालयमा तालावन्दी गरेको जानकारी उनले बताइन्। ‘कार्यालयका फाइल तथा कागजातहरु बाहिर लगिएको देखेपछि मैले कार्यालयमा तालाबन्दी गरेको छु’, उपाध्याक्ष सहनीले भनिन्, ‘अहिले आएर कार्यालयको ताला खोल, नभए ठिक हुँदैन भनेर अध्यक्षले मलाई धम्कीसमेत दिइरहनु भएको छ।’

गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवले भने भुक्तानी प्रक्रियामा अधिकृत र एकाउण्टेन्टको संलग्नता हुने भएकाले आफूलाई यस विषयमा कुनै जानकारी नरहेको बताए। उनले आफू निरन्तर कार्यालयमा उपस्थित भइरहेको दाबी समेत गरे। उनले भने ‘भुक्तानीमा अध्यक्षको संलग्नता हुँदैन, कसरी र कहाँ भुक्तानी गरियो यो विषयमा अधिकृतजीसँगै सोध्नुस्।’

औरही गाउँपालिकाका प्रशासकीय अधिकृत सुवोध ठाकुरले कतिपय योजनाका भुक्तानी हुन बाँकी रहेकाले कार्यालय समय सकिसकेकाले जनकपुरमा गएर राति भुक्तानीका कामहरु पूरा गरेको बताए। उनले प्रत्येक योजनाको अनुगमन भएको र त्यसमा उपाध्यक्षको हस्ताक्षरसमेत रहेको दाबी गरे। उनले कमिशन नलिएको पनि जिकिर गरे।

प्रकाशित: Jul 16, 2021| 13:39 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।