शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चोभारमा बन्यो सुख्खा बन्दरगाह, खाका नहुँदा सञ्चालनको टुंगो छैन  [भिडियो रिपोर्ट]

चोभारमा बन्यो सुख्खा बन्दरगाह, खाका नहुँदा सञ्चालनको टुंगो छैन  [भिडियो रिपोर्ट]

गोदाम घर र जाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको छ। यस्तै भन्सारको पूर्वाधार, क्वारिन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ भने तीनवटा गेट पनि बनिसकेका छन्। ट्रकको तौल जोख्ने मेसिन पनि जडान गरिएको छ। 
 |  शनिबार, साउन २, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

शनिबार, साउन २, २०७८

vianetvianet

काठमाडौं– काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण कार्य सकिएको छ। केही प्राविधिकबाहेक अधिकांश काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सीधै काठमाडौंमा गर्न मिल्ने गरी यो बन्दरगाह निर्माण गरिएको हो।

triton college

गोदाम घर र जाँच गर्ने तीन वटा घरको निर्माण सम्पन्न भएको छ। यस्तै भन्सारको पूर्वाधार, क्वारिन्टिन र प्रशासनिक भवनको निर्माण पनि सकिएको छ भने तीनवटा गेट पनि बनिसकेका छन्। ट्रकको तौल जोख्ने मेसिन पनि जडान गरिएको छ। 

बन्दरगाहको ठूलो भौतिक संरचनाको काम सकिएको र केही साना काम मात्रै बाँकी रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।  ‘चेक गर्ने तीन तले भवन र २ वटा गोदाम निर्माण भइसकेको छ भने एउटा गोदाम निर्माण हुँदै छ। इलेक्ट्रिक सभिसेन, पार्किङ, चालकका लागि आराम कक्ष बनिसकेको छ’, उनले भने। बन्दरगाहको ठूला संरचनाको काम सम्पन्न भइसकेको छ। 

निर्माण कार्य करिब सकिए पनि सञ्चालन खाका भने तयार हुन बाँकी रहेको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए। उनका अनुसार सीमा नाकाको भन्सारबाट भित्रिने मालवाहक सवारीसाधनलाई काठमाडौंसम्म कसरी पठाउने भन्नेबारे भन्सार विभागसँग छलफल भइरहेको छ।

सरकारले पहिले हिमाल सिमेन्टले उपभोग गरेको १ हजार ५४ रोपनी जग्गामध्ये २२० रोपनीमा सुख्खा बन्दरगाह र ८ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गरिहरेको छ। २०६७ मै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो। 

National life insurance

‘चोभारको बन्दरगाह नयाँ प्रकृतिकोे भएका कारण यसलाई कसरी सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ’, उनले भने। यसको पनि खाका आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।  सरकारले पहिले हिमाल सिमेन्टले उपभोग गरेको १ हजार ५४ रोपनी जग्गामध्ये २२० रोपनीमा सुख्खा बन्दरगाह र ८ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गरिहरेको छ। २०६७ मै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो। 

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माणाधीन आयोजना १८ महिनामा सम्पन्न गर्ने गरी २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो। तर वातावरण प्रदूषण, मुआब्जालगायत कारण देखाएर स्थानीयले गरेको अवरोधले ८ महिनापछिमात्रै आयोजनाको शिलान्यास भएको थियो। 

डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि एक वर्ष समय थपिएको थियो। स्थानीयको अवरोध र कोभिडलाई कारण देखाउँदै १३ महिना व्यर्थमा समय गुजारेको आयोजनालाई काम सम्पन्न गर्न असार मसान्तसम्म अन्तिम पटक म्याद थप गरिएको थियो। 

सुख्खा बन्दरगाह सञ्चालनमा आउँदा तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सीधै काठमाडौंमै हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यारलाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले उन्मुक्ति पाउने विश्वास गरिएको छ।

 

प्रकाशित: Jul 17, 2021| 02:42 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।