पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ। विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका भ्रमणमा नजाने भएका छन्। यसअघि प्रधानमन्त्री देउवाले यही चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका तय भएको थियो।
मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन्। आमा बेपत्ता भएको १२ दिन बितिसक्दासमेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे।