सोमबार, असार ८, २०८३

तीन पत्रकारलाई सञ्चारिका समानता पुरस्कार

सञ्चारिक समानता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- सञ्चारिक समानता पुरस्कारबाट तीन पत्रकार सम्मानित भएका छन्। मुना कुँवरलाई सञ्चारिक समानता पुरस्कार २०७६ र फतिमा बानु र विद्या राईलाई संयुक्त रूपमा सञ्चारिक समानता पुरस्कार २०७७ प्रदान गरिएको हो। 

National life

स्व.उमा सिंह पत्रकारिता पुरस्कार २०७७ हिरा परियारलाई प्रदान गरिएको छ भने सञ्चारिक प्रोत्साहन पुरस्कार २०७७ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छिन्। यस्तै २०७६ को स्व.उमा सिंह पत्रकारिता पुरुस्कार रौतहटकी बिना राउतलाई प्रदान गरिएको छ। सञ्चारिका प्रोत्साहन पुरुस्कार २०७६ बाट मनिका विश्वकर्मा र सीतादेवी पोखरेल सम्मानित भएका छन्। 

समाचारको भाषाशैली, विषयबस्तु, सन्देश, लैङ्गिग संवेदनशीलता र अन्वेषणलाई आधार बनाएर पुरस्काका लागि छनौट गरेको हो। छनौट समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, संचारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्मा र सञ्चारिका समूहका महासचिव विमला तुम्खेवा थिए। 

महिला पत्रकारको उत्साह बढाउन समूहले प्रत्येक वर्ष सञ्चारिक समानता पुरस्कार, स्व.उमासिंह पुरस्कार र सञ्चारिक प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएको छ। समूहले २०५७ सालबाट सञ्चारिक समानता पुरस्कार वितरण गर्न थालेको हो। 

प्रकाशित: Mar 25, 2022| 21:43 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।