बिहीबार, साउन २८, २०८३

ओखलढुङ्गा र कञ्चनपुरमा दुई जनाको शव फेला

देशका दुई स्थानमा दुई जनाको शव फेला परेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- देशका दुई स्थानमा दुई जनाको शव फेला परेको छ।

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ र चिसंखुगडी गाउँपालिका-७ स्थित ओखले खोलामा पहिचान खुल्न नसकेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी करिब ५६ वर्षीय पुरुष बिहीबार मृत फेला परेका प्रहरीको भनाइ छ।

यस्तै कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ धौलेपानी बस्ने बेदकोट नगरपालिका-४ बैतडा घर भएका ६० वर्षीय मानबहादुर धामी मृत फेला परेका छन्। उनी आफ्नै गाइगोठ नजिक बिहीबार मृत फेला परेका हुन्।

प्रकाशित: Mar 25, 2022| 12:40 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।