सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्सवमा डुंगा पिङ दुर्घटना : १४ जना घाइते, तीनको अवस्था गम्भीर

महोत्सवमा डुंगा पिङ दुर्घटना : १४ जना घाइते, तीनको अवस्था गम्भीर

कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

कपिलवस्तु- कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

National life

बांणगंगा जितपुरमा सञ्चालित महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारको लागि बुटवल लगिएको उनले बताए।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका-९ की आकृति खनाल रहेका छन्।

यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका-२ का मनीषा क्षेत्री, बाणगंगा नगरपालिका वडा नम्बर ४ का आशिका बिसी, अञ्चल पुन, बमबहादुर क्षेत्री, वडा नम्बर ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नम्बर ९ का कृष्ण घर्ती मगर रहेका छन्।

घाइते मध्ये चार जना सामान्य उपचारपछि घर फर्केका र सात जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 26, 2022| 07:40 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।