बिहीबार, साउन २८, २०८३

बन्दुकसहित चार जना पक्राउ

प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।

सिन्धुली, घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट एक थान भरुवा बन्दुकसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन्। 

सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरूलाई बन्दुकसहित फेला पारी इलाका प्रहरी  कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

यस्तै मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई एक थान एकनाले भरुबा बन्दुक र एक किलो अवैध लागूऔषध गाँजासहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उनको घरमा भरुवा बन्दुक र लागूऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 12:22 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।