बिहीबार, साउन २८, २०८३

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

सञ्चारिका समूह नेपालको आठौं महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार कमला पन्थीलाई दुई मतले पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- सञ्चारिका समूह नेपालको आठौं महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार कमला पन्थीलाई दुई मतले पराजित गर्दै तुम्खेवा विजयी भएकी हुन्।

तुम्खेवा ८५ मत प्राप्त गर्दै विजयी भइन्। पन्थीले ८३ मत प्राप्त गरेकी थिइन्। त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।

उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गरेकी हुन्। महासचिवमा वसन्तीले यशोदा अधिकारीलाई पराजित गरिन्। त्यस्तै सचिवमा दुर्गाले पवन वर्षा शाहलाई पराजित गरिन्। कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन्।

सदस्यहरूमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।

प्रकाशित: Mar 26, 2022| 07:10 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।