बिहीबार, साउन २८, २०८३

स्वार्थसमूहले पर्वतारोहण संघको साख गिराएको आरोप

नेपालको पवर्तारोहण क्षेत्रको प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतका रूपमा रहेको पर्यटन उद्यमलाई नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीबीचको खिचातानी र केही व्यक्तिहरूको स्वार्थले संस्थाको साख गिराएको आरोप लागेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपालको पवर्तारोहण क्षेत्रको प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतका रूपमा रहेको पर्यटन उद्यमलाई नेपाल पर्वतारोहण सङ्घका पदाधिकारीबीचको खिचातानी र केही व्यक्तिहरूको स्वार्थले संस्थाको साख गिराएको आरोप लागेको छ। 

सङ्घको ३१औँ वार्षिक साधारणसभा स्थगन भएपछि आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी भइसकेको साधारणसभा रोकिनुले सङ्घलाई अत्यन्त स्तब्ध तथा दुःखी तुल्याएको बताएको छ। वातावरण बनेको खण्डमा तत्कालै सङ्घको निर्वाचनका लागि संस्था तयारी अवस्थामा रहेको पनि जनाएको छ। सङ्घले यही चैत ९ गते बुधबारका लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्म स्थगन गरेको थियो। 

सङ्घका अध्यक्ष सन्तवीर लामाले सम्बन्धित निकायबाट सही निर्णय भए एक साताभित्रै सङ्घको निर्वाचन गर्न आफूहरू तयार रहेको बताए। उनले भने, 'चैत १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ, आदेश पाए एक हप्ताभित्रै चुनाव गर्न तयार छौँ।'

अध्यक्ष लामाले संस्थामा आबद्ध जिम्मेवार व्यक्तिले पटकपटक मुद्दा मामिलाको झमेलामा पारेर संस्थाको साख धमिल्याउने कार्य भइरहेको भन्दै आपत्ति जनाए। उनले सङ्घको ४८ वर्षे इतिहासमा ३० औँ साधारण भइसकेको गरिमामाय संस्थामा मुद्दा मामिला र आरोप प्रत्यारोपले स्वदेशी तथा विदेशी आरोहीको आत्मसम्मानमा चोट पुग्न गएको उल्लेख गरे। उनले कोभिड महामारीले संस्थाको निर्वाचन समयमै गर्न नपाएको भन्दै समस्याको समाधान खोज्नेतर्फ सकैको साथ चाहिने बताए। 

सङ्घका महासचिव कुलबहादुर गुरुङले संस्थाभित्रको विवादको समाधान गरेर चाडोभन्दा चाडो नेतृत्व हस्तान्तरण गर्न लागि परेको बताए। उनले संघमा देखिएको विद्यमान समस्या समाधानका लागि सङ्घकै उपाध्यक्ष माया शेर्पा नेतृत्वको पाँच सदस्यीय समिति गठन भई सकारात्मक रुपमा अघि बढेको जानकारी दिए। 


प्रकाशित: Mar 25, 2022| 22:30 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।