सोमबार, असार ८, २०८३

करेन्ट लागेर एक जनाको मृत्यु

मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८
National life
Shivam cement

सर्लाही- सर्लाही सदरमुकाम मलङ्गवामा  विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी का २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ।

मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य  तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। ठेकेदारमार्फत विद्युत् विस्तार काम गर्ने क्रममा पोलमा भएको फालामे दण्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिए। मृतक परिवारलाई क्षतिपूर्ति प्रदान गरिने उनले बताए। 

प्रकाशित: Mar 25, 2022| 14:32 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।