बिहीबार, साउन २८, २०८३

बूढानीलकण्ठमा श्रीमानले गरे श्रीमतीको हत्या

बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन्।

उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन्।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार श्रीमानले श्रीमतीलाई दाउले प्रहार गरेर हत्या गरेका हुन्। 

बिहीबार राति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। 

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 11:58 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।