सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपहृत नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

अपहृत नाबालिका सकुशल मुक्त, अपहरणमा संलग्न पाँच पक्राउ

अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

जनकपुर- अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले आज साँझ एक नाबालिकालाई अपहरण मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले मुक्त गराएको हो। 

बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो। 

त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। 

Shivam cement

अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् शुक्रबार साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 26, 2022| 06:20 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।