सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने नेपालको प्रतिबद्धता

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपालले सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

National life

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज मोरक्कोको रबातमा ‘हाइब्रिड’ ढाँचामा सम्पन्न सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन (जिसीएम) सम्बन्धी ‘ग्लोबल कम्प्याक्ट’ देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

आफ्नो पूर्व रेकर्ड गरिएको सम्बोधनमा उहाँले जिसीएममा नेपालको प्रतिबद्धतालाई जोड दिँदै पारस्परिक विकासका लाभ सुरक्षित गर्न आप्रवासीको योगदानलाई अधिकतम बनाउने तथा गन्तव्य देश, क्षेत्रीय परामर्शदात्री समूहका साथै अन्य निकायसँगको साझेदारी र सहयोग अपरिहार्य भएको बताए। परराष्ट्रमन्त्री खड्काले सन् २०१८ मा जिसीएमको अनुमोदन अन्तर्राष्ट्रिय आप्रवासनमा ऐतिहासिक कोशेढुङ्गा भएको बताउँदै त्यसका बहुआयामिक पक्षलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि रूपरेखा कोरोको उल्लेख गरे। 

'पहिलो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चमा रचनात्मक सहभागिता जनाउन नेपाल इच्छुक छ, सुरक्षित, व्यवस्थित र नियमित बसाइँसराइको दृष्टिकोणलाई साकार पार्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल तत्पर छ,' सुरक्षित आप्रवासनको पक्षमा नेपालले सधैँ पैरवी गर्दै आएको स्पष्ट गर्दै उनले भने। 

प्रकाशित: Mar 25, 2022| 20:30 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।