बिहीबार, साउन २८, २०८३

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो।

थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो। तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए। 

फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 12:52 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।