सगरमाथा क्याम्प–२ मा मृत रसियन आरोहीको हातमा चलिरहेको घडीले बताइरहेको समय देखेर अवाक् भएका थिए गौतम। भन्छन्, ‘त्यो मृत रसियनको हातमा बाँधेको ओरिजिनल घडीले मलाई नमजाले घोच्यो। समय त थियो...
तीनवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ। वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा ‘महान सत्सङ्ग समारोह २०७९’ आयोजना भएको छ। कोरोना महामारीको तीन वर्षपछि समितिले काठमाडौंमा सत्सङ्ग समारोह आयोजना भएको हो।
लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङ्ग्राको भुवा संकलन केन्द्र स्थापना गरिएको छ। केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ।
अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले आज आयोजना गरेको जनचेतनामूलक साइकल यात्रा समापन गर्दै उनले विगतमा जनचेतना नहुँदा महिलाले विभेद भोग्नुपरेको उल्लेख गरिन्।
सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा किर्ते गरी बिक्री गर्न पाँच करोड २० लाख बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ।
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी...
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको हो।
नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ। लाग्दो वैशाखमै आएका पोथी पाहुना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न...
रोल्पामा रुखबाट लडेर एक युवकको ज्यान गएको छ। जिल्लाको गंगादेव गाउँपालिका-५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो।