आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता विमान लार्जुङ क्षेत्रमा 'लोकेट' भएको छ : नेपाल वायुसेवा संघ

बेपत्ता विमान लार्जुङ क्षेत्रमा 'लोकेट' भएको छ : नेपाल वायुसेवा संघ

जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले नेपाल समयलाई बताए।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- हराइ रहेको तारा एयरको ९एन- एइटी साइनको ट्विनअटर जहाज लार्जुङ क्षेत्रमा लोकेट भएको नेपाल वायुसेवा संघले  जनाएको छ।

जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले नेपाल समयलाई बताए।

जहाज लार्जुङ क्षेत्रको डाँडाको खोँचमा लोकेट भएको उनले बताए। तर, खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेको उनले बताए। पटक-कटक हेलिकप्टर त्यहाँ पुग्न खोज्दा पनि पुग्न नसकेको उनको भनाइ छ।

'तीनपटकसम्म प्रयास गर्दा पनि खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेको छैन। वर्षा भइरहेको छ। त्यहाँ पुग्न निकै कठिन छ। लोकेट भएको क्षेत्रमा पैदल जाने प्रयास भइरहेको छ,' उनले भने।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनटर विमान करिब १०: १० पछि सम्पर्कविहीन भएको थियो। जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार छन्।

प्रकाशित: May 29, 2022| 14:09 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।